एमालेको भातृ संगठन इत्तेहादको महाधिवेशन चैतमा हुने

एमालेको भातृ संगठन इत्तेहादको महाधिवेशन चैतमा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेकाे भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको छैटौं महाधिवेशनकाे मिती टुंगाे लगाएकाे छ ।

हालै काठमाण्डुमा सम्पन्न संगठनको पदाधिकारी, प्रदेश पदाधिकारी, प्रदेश इन्चार्ज र सहइन्चार्जसहितको बिस्तारित बैठकले महाधिवेशन आगामी चैत १२ देखि १४ गतेसम्म नेपालगञ्जमा गर्ने निर्णय गरेकाे  हो । बिस्तारित बैठकले पांचौ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटीलाई छैटौं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको छ ।

जसको संयोजकमा सिराज अहमद फारुकी सहसंयोजकमा मोहम्मद हारुन रहनेगरी २६१ सदस्यीय कमिटी बनाएको हो । महाधिवेशनका लागि १० वटा उपसमितिसमेत बनाइएको संयोजक फारुकी र सहसंयोजक हारुनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।