काठमाण्डु- आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक बस्दैछ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुन लागेको हो ।
निर्वाचनको वातावरण तयार गर्नेगरी बैठक बस्न लागेको हो ।
बैठकमा सरकाका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दल र जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवा सहभागी हुनेछन्।
सरकार र राजनीतिक दलबीच पटक पटक बैठक बसिरहेका छन् । यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो।
छलफलमा १३ जना जेनजीहरू सहभागी हुँदैछन् । छलफलमा सहभागी हुने जेनजीहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर रहेका छन् ।




प्रतिक्रिया