‘आमाको सरकार फेल…’ भन्दै सडकमा निस्किए मिराज नेतृत्वको जेनजी समूह (तस्वीरहरु)

‘आमाको सरकार फेल…’ भन्दै सडकमा निस्किए मिराज नेतृत्वको जेनजी समूह (तस्वीरहरु)


काठमाण्डु– मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाण्डुको माइतीघरमा आन्दोलन जारी राखेका छन् ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन हिजो सोमबारदेखि उनीहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् ।

उनीहरुले अति भो राजनीतिक खेल, आमाको सरकार फेल…,जेनजी अव फूट हैन एकजुट…,जेनजीका माग पुरा गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।