काठमाण्डु– काठमाण्डु उपत्यका र अन्य जिल्लामा जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
नेपाल प्रहरीले मृतकको विवरण सार्वजनिक गर्दै तीन प्रहरी र एक भारतीय नागरिकसमेत यसमा समावेश रहेको जनाएको छ।
प्रहरीका अनुसार पहिलो दिनको प्रदर्शनमा मात्र २१ जनाको मृत्यु भएको थियो भने कैदीसमेत ९ जनाको ज्यान गएको थियो।
ज्यान गुमाएका व्यक्तिहरूको पोस्टमार्टम प्रक्रिया सुरु भएको छ। त्रिवि शिक्षण अस्पतालमा हाल ९ शवको पोस्टमार्टम प्रक्रिया जारी छ भने ३६ शव विभागमा पुगेका छन्। तीमध्ये एक जनाको परिचय अझै खुलेको छैन।
प्रहरीले जनतालाई शान्ति र संयमको लागि अपिल गर्दै घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।




प्रतिक्रिया