बारा घटना : जेनजीका मागहरू ३ दिनभित्र पुरा गर्ने सहमति, आन्दोलन फिर्ता

बारा घटना : जेनजीका मागहरू ३ दिनभित्र पुरा गर्ने सहमति, आन्दोलन फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बारा घटनामा जेनजी र स्थानीय प्रशासनबिच सहमति भएको छ । शुक्रबार बाराको पथलैया स्थित सशस्त्र प्रहरी बल प्राविधिक तालिम केन्द्रमा साँझ सम्म चलेको वार्तामा जेनजीका मागहरू ३ दिन भित्र सम्बोधन गर्ने सहमति भएको हो ।

जेनजीको तर्फबाट सम्राट उपाध्यायको नेतृत्वमा १८ जना सहभागी वार्तामा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहित सुरक्षा निकायका प्रमुख उपस्थिती रहेको थियो ।

स्थानीय प्रशासनले घटनामा संलग्नहरूलाई कारबाही गर्ने विषयमा आश्वस्त पारेपछि जेनजीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

जेनजीहरुले आग्रहर पूर्वाग्रह नराखी घटनामा संग्लनहरुलाई कारबाही हुनुपर्ने, घाइतेहरूको निःशुल्क उपचार र उचित क्षतिपूर्ति राज्यले बेहोर्नुपर्ने, जेनजी तथा जेनजीलाई सहयोग गर्ने सम्पूर्णको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने जिम्मेवार सुरक्षा अधिकारीलाई कारबाही गर्नुपर्ने, अरविन्द साहको तीन दिन अगाडिदेखिको कल डिटेल झिकाएर मुख्य व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याई कारबाही गर्नुपर्ने लगायत माग राखेका थिए ।

याे पनि सिमरा तनाव : प्रशासन र जेनजीबीच छलफल जारी