जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ६ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ६ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक, ट्रमा सेन्टरमा चार र केएमसीमा १ जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।

जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो । दिउँसो साढे १२ बजेबाट कर्फ्यू आदेश जारी भएपनि आन्दोलन रोकिएको छैन ।