काठमाण्डु – जेनजी जनक परियारले जेनजीहरूका माग पूरा नगरिए आफूहरू पुन: संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।
आईतबार राधानीमा पत्रकार सम्मेलन आयोजना गरी जेनजीलाई गोली हान्न आदेश दिनेहरू पुन: टाउको उठाउन थालेकोप्रति रोष व्यक्त समेत गरेका छन् ।
परियारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा बनेको सरकारले आफूहरूलाई नै वेवास्ता गरेकोे गुनासो गरेका छन् । उनले आफूहरूको आन्दोलनको मूल मर्म भनेको भ्रष्टाचार मुक्त समाज र सुशासन भए पनि भ्रष्टाचारी र जनविरोधीहरू खुलेआम हिँड्न थालेको पनि आरोप लगाए ।
आफूहरूले जेनजीहरूलाई गोली हान्न आदेश दिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतलाई कानूनी दायरामा ल्याउनुपर्ने, २०४६ सालपछिका उच्चपदस्थ राजनीतिज्ञ तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने, जेनजीहरूलाई मन्त्रिपरिषद्मा प्रतिनिधीत्व गर्नुपर्ने लगायतका माग समेत राखेका छन् ।
परियारले आफ्ना मागहरू पूरा नगरिए पुन: सडकमा जान बाध्य हुने चेतावनी दिएका छन् ।




प्रतिक्रिया