जेनजी प्रदर्शन :अर्का एक जनाको मृत्यु

जेनजी प्रदर्शन :अर्का एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुमा भएको जेनजीको प्रदर्शनमा घाइते भएका थप एक जनाको पनि मृत्यु भएको छ। उपचारका लागि ट्रमा सेन्टर लैजाँदै गर्दा ती प्रदर्शनकारीको मृत्यु भएको हो।

ट्रमा अस्पतालमा ३० जना घाइते प्रर्दशनकारीको उपचार भईरहेको छ।

मृत्यु हुनेको परिचय खुलेको छैन ।

प्रदर्शनमा १०० भन्दा बढी घाइते भएका छन् भने बानेश्वरकै सिभिल अस्पतालमा उनीहरुको उपचार भइरहेको छ।