जर्ज फ्लोयडको हत्या गर्ने प्रहरी डेरेक चौभिनको डिभोर्स

जर्ज फ्लोयडको हत्या गर्ने प्रहरी डेरेक चौभिनको डिभोर्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राज्य मिनेसोटामा हत्यामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिनकी गर्भवती श्रीमतीले सम्बन्ध विच्छेद गरेकी छिन् ।

१० वर्ष अगाठि विवाह बन्धनमा बाँधिएका उनीहरुबीचको सहकार्य टुटेको हो । ४५ वर्षीया चौभिनले डेरेकसँगको आफ्नो १० वर्षको सम्बन्ध तोड्न लागेको बताएकी छिन् ।

आफूहरुबीच सुधार गर्नै नमिल्ने विषयमा मनमुटाव पैदा भएकोले सम्बन्धविच्छेद गरेको केलीले बताएकी छिन् । त्यसको तीन दिन अघि मात्रै डेरेकले जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिचेर मृत्यु भएको थियो । लाओसबाट बाल शरणार्थीको रुपमा अमेरिका पुगेकी केलीले आफ्नो नाम परिवर्तन गर्नसमेत अदालतमा निवेदन दिएकी छिन् ।

मिनेसोटा अमेरिकाको सुन्दरी प्रतियोगिताकी बिजेता मिनियापोलिसको हेनेपिन काउन्टी मेडिकल सेन्टरमा रेडियोलोजिस्टको रुपमा समेत कार्यरत थिइन् ।