ब्रेकिंग न्युज सुरक्षा

जर्सापको जुवा खालमा कसले हान्ने छापा ? ललितपुर प्रहरी प्रमुख मौन बस्नुको यस्तो छ कारण

काठमाडौं – प्रहरीले चासो नदेखाउँदा टोल–टोलमा जुवा अखडा फस्टाउन थालेका छन् । राजधानीलगायत देश भर रहेका क्यासिनो तथा मिनी क्यासिनोमा नेपाली प्रवेशलाई कडाई गरेपछि क्यासिनो शैलीमा जुवा खेलाउनेको समूह राजधानीमा सक्रिय हुँदै आएको छ ।

dish home

यस्तो समूहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका उच्च अधिकारीको समेत संलग्नता हुने गरेको समाचार बााहिरिँदै आएको छ । क्यासिनोमा नेपाली जुवाडेको प्रवेशमा प्रहरी आक्रमक रूपमा प्रस्तुत हुन थालेपछि क्यासिनोकै शैलीमा घरमा मिनी क्यासिनो नामक जुवा अखडाहरू सञ्चालन गर्ने यस्ता समूह सक्रिय भएका हुन् ।

क्यासिनो कै सुविधा सहित यस्ता मिनी क्यासिनो अहिले उपत्यककामा पाँच दर्जनका हाराहारामी रहेको स्रोत बताउँछ । ति मध्ये एक चल्तीको अखडा ललितपुरको सातदोबाटोस्थित महानगरीय प्रहरी वृत्तको पछाडी रहेको छ । जँहा नेपाली सेनाका वहालवाला जर्नेल होमप्रशाद लावती समेत जुवा खेल्न पुग्ने गरेको अन्य जुवाडेले बताएका छन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश ऐर ।
आशा लिम्बुको नाममा रहेको उक्त घरमा दैनिक जसो करोडौं रूपैंयाको जुवा खेल हुँदै आएको छ । यसबारेमा ललितपुर प्रहरी परिसरका एसएसपी गणेश ऐर र सातदोबाटोका प्रहरी जानकार भए पनि उनिहरुले त्यसमा आँखा चिम्लिएका छन् । जर्नेल लावतीको संरक्षणमा टाखेलको लवकुमार बस्नेत, कोटेश्वरको सुशिल न्यौपाने र प्रकाश पन्तले जुवा खेलाउँदै आएको स्रोतको दाबी छ । यो समूहले कहिले कोटेश्वर, कहिले सातदोबाटो त कहिले जर्नेल कै निजी निवासमा समेत जुवा खेलाउने गरेको छ । बस्नेतलाई नेपाली सेनाका जर्नेल होमकुमार लावतीले संरक्षण गर्दै आएका छन् । बस्नेत पनि सेनाका पूर्व हबल्दार हुन् ।

स्रोतकाअनुसार बालुवा व्यापारी अष्ट लामा, मुर्ती व्यापारी नन्द मर्हजन, शेयर कारोबारी मिनबहादुर राउत, हार्डवेयर व्यापारी सचिन मर्हजन र सेनाका जर्नेल लावती उक्त जुवा अखडाका भिआइपी जुवाडे हुन् ।

अखडा सञ्चालक बस्नेतले प्रिपेड जुवा अखडाको शैलीमा कहिलेकाँही धापाखेलको धापा हाईटस्थित जर्नेल लावतीकै घरमा समेत जुवा खेलाउँदै आएको स्रोतको दाबी छ । क्यास नहुने जुवाडेलाई बस्नेत र जर्नेल लावती आफैंले जग्गा बैनाको कागज र चेक लिएर जुवा खेल्ने पैसा उपलब्ध गराउँदै आएको स्रोतको दाबी छ । यसवारेमा काठमाडौंपाटीले सम्पर्क गर्न खोज्दा जर्नेल लावती सम्पर्कमा अाउन चाहेनन् ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top