‘गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने’

‘गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदले गेटामा प्रतिष्ठान नभएर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने बताएका छन् । गृहजिल्ला कञ्चनपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसका नेताहरुसँग सोमबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने बताएका हुन्।

क्षेत्रीय सभापति लालबहादुर सिंहको नेतृत्वमा भएको टोलीसँगको भेटवार्तामा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको पनि दाबी गरेका छन् ।

गत माघ २९ मा सरकारले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निणर्य गरेपनि अगामी आर्थिक वर्षको बजेटमा भने शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको छ ।

कहिले विश्वविद्यालय त कहिले प्रतिष्ठान बनाउने भनेर सरकारले नै दुइथरी निणर्य गरेपछि त्यहाँका जनता आक्रोशित बनेका छन् । प्रदेशवासीहरुले मेडिकल माफियाको प्रभावमा परेर मन्त्रिपरिषद्को निणर्य विपरीत सरकारले विश्वविद्यालयको सट्टा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै विरोध गरेका छन् ।

गेटामा मेडिकल ‘विश्वविद्यालय’को माग गर्दै आईतबार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघरसंस्था तथा कलकारखाना, व्यापार र यातायात बन्द गरिएका थिए ।