बुटवल । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सभामुख कृष्णबहादुर महरामथि लागेको आरोपको छानविन सामान्य नागरिक सरह हुनुपर्ने बताएका छन् ।मं गलबार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै नेता थापाले सभामुखसभामुख माथिको छानविन सामान्य नागरिक सरह हुनुपर्ने बताउँदै सभामुखमाथिको आरोप सुनेर पुरै संघिय संसद सदस्य स्तब्ध भएका छन् ।
‘यो आरोप साधारण मानिस माथि लागेको भए के हुन्थ्यो ?’ उनले प्रश्न गरे । ‘सभामुखमाथि पनि प्रचलित कानुन अनुसार छानविन हुनुपर्छ’ थापाले भने । नेपाल प्रहरीको बिगतमा रहेका बिफलता तर्फ ईंगित गर्दै थापाले भने, ‘नेपाल प्रहरीले आफ्नो गुमेको साख जोगाओस् । व्यक्तिको पदको प्रभाव नदेखियोस् अनुसन्धानमा ।’ देशको ईज्जत र प्रतिष्ठा जोडिएको आरोप झुठो सावित होस् भनेर पनि थापाले कामना गरे ।
उनले गंभिर आरोप लागेको समयमा विज्ञप्ति मार्फत निकालेर घटनालाई दबाउन नमिल्ने बताउँदै यस्तो अवस्थामा सभामुखले सहयोग गर्नु पर्ने थापाले सुझाव दिएका छन् । ‘यदी सभामुख महराको आरोप लगाएको जस्तो रत्तिभर पनि संलग्नता छ भने अनुसन्धान हुनुपर्छ र नागरिकले पाउने सजाय बराबर सजाय पाउनुपर्छ’ थापाले भने । ‘अर्कोतर्फ आरोप लगाउने महिलाको चरित्रका विषयमा टीकाटिप्पणी सुरु भएको छ,’ उनले भने, ‘कसैको चरित्रको विषयमा निर्णय गर्ने अधिकार कसैलाई छैन, प्रहरीले छानबिन गरोस् । सम्मानित न्यायलय पनि रहेको छ ।’




प्रतिक्रिया