काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)पार्टीले महाधिवेशन सम्पन्न भएको झण्डै दुई महिनापछि २१ सदस्यीय पदाधिकारी निर्वाचनमार्फछ टुंग्याएको छ । पदाधिकारी सहमतिमा टुंग्याउने प्रयास गरिए पनि सम्भव नभएपछि मंगलबार निर्वाचनमार्फत टुंगो लगाइएको छ ।
पदाधिकारी चयनका लागि गुटगत रूपमा भएको निर्वाचनमा अध्यक्ष माधवकुमार नेपाल समुहले दुई तिहाइ बहुमत हात पारेको छ । पदाधिकारीका लागि अध्यक्ष नेपाल र महासचिव घनश्यास भुसाल समूह प्यानलै बनाएर प्रतिष्पर्धामा उत्रिएको थियो ।
महाधिवेशनकै बेलामा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा भुसाल सर्वसम्मत चयन भएका थिए । बाँकी पदाधिकारी मंगलबारको निर्वाचनबाट निर्वाचित भएका छन् ।
निर्वाचनमा वरिष्डठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भए । बाँकी १७ पदमा भएको निर्वाचनमा महासचिव भूसाल समूहका ५ जनाले जिते भने अध्यक्ष नेपाल समूह १२ जनाले जिते ।
पछिल्लो समयमा सम्मानित नेता खनालले भुसाललाई छोडेर अध्यक्ष नेपाललाई साथ दिएपछि पदाधिकारीमा अध्यक्ष नेपाल दुई तिहाइ मतसिहित बलियो बनेका हुन् ।
केन्द्रीय समिति र सचिवालयमा सहमति नजुटेपछि मनोनित केन्द्रीय कमिटीका सदस्यबाट पदाधिकारी चयनका लागि निर्वाचन गरिएको थियो ।
एमालेबाट विभाजन भइ गठन भएको तीन वर्षपछि एकीकृत समाजवादीमा प्यानल निर्वाचन हुँदा अन्तिम समयमा सम्मानित नेता झलनाथ खनालले साथ छाडेपछि अध्यक्षको आकांक्षा छाडेर महासचिव स्वीकारेका घनश्याम भुसाल आफूसहित ६ पदाधिकारीमा खुम्चिएका हुन् ।
पदाधिकारीमा भुसालबाहेक उनले समूहबाट मंगलबार भएको निर्वाचनमा ५ जनाले जिते । भुसाल समूहबाट महिला उपाध्यक्षमा जयन्ती राई, मधेशी उपाध्यक्षमा धर्मनाथप्रसाद साह, खुल्ला उपाध्यक्षमा प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित भए । त्यस्तै, सचिवमा बलदेव चौधरीले निर्वाचित भए ।
अब पदाधिकारीमा भूसाल समूहबाट भुसालसहित ६ जना भएका छन् भने अध्यक्ष नेपाल समूहबाट सम्मानित नेता खनाललाई छोडेर १४ जना भएका छन् ।




प्रतिक्रिया