विदेशी शक्तिहरु संसद विघटन गराएर बदला लिन कस्सिए : घनश्याम भुसाल

विदेशी शक्तिहरु संसद विघटन गराएर बदला लिन कस्सिए : घनश्याम भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पार्टी विभाजन गर्न लागेको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता भुसालले पार्टी अध्यक्ष ओलीले झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका हुन् ।

‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ’, उनले भनेका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता भुसालले आफूहरुले प्रधानमन्त्री ओली समक्ष आत्मसमर्पण गर्नु भनेको क्रान्तिप्रति गद्दारी भएको बताएका छन् ।

‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ’, उनले भने ।

पूर्वमन्त्रीसमेत रहेका नेता भुसालले उनले विदेशी शक्तिहरुतर्फ संकेत गर्दै नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर आफूहरुसँग बदला लिन कस्सिएको आरोप लगाएका छन् ।

‘आज हामी विरुद्ध गरिएका गालीगलौजले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन’, उनले भने ।