काठमाण्डु – नेकपा एमालेका नेता घनश्याम भुसाल वार्तास्थलबाट बाहिरिएका छन् ।
सिंहदरबारमा जारी एमाले कार्यदलको बैठकस्थलबाट बाहिरिएका नेता भुसाल नेता माधव नेपालसँग भेट गर्न बानेश्वर पुगेका छन् । उनले नेता नेपालसहितका अन्य नेताहरुसँग छलफल जारी राखेका छन् ।
उनले कार्यदलको बैठकमा सहमतिको प्रयास भइरहेको बताए । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक केहीदिन देखि निरन्तर जारी छ । आज बिहान ९ बजेबाट सुरु भएको एमालेको कार्यदलको बैठक हालसम्म जारी छ ।
एमालेले आन्तरिक विवाद मिलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधव नेपाल पक्षका पाँच–पाँच जना सदस्यहरु रहेको कार्यदल गठन गरेको थियो ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। यसैगरी नेपाल पक्षबाट भीम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा छन् ।
हिजो बसेको बैठकपछि नेताहरुले आज सुखद खबर सुन्न पाइने जानकारी दिएका थिए ।




प्रतिक्रिया