ओलीजी राणा र राजाको प्रेतको रुपमा आउनुभयोः घनश्याम भुसाल

ओलीजी राणा र राजाको प्रेतको रुपमा आउनुभयोः घनश्याम भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छोड्ने चेतावनी दिएका छन् ।

बिहीबार बुटवलमा भएको विरोधसभामा बोल्दै नेता भुसालले संसद विघटन असंवैधानिक कदम भएको भन्दै प्रधानमन्त्री ओलीलाई घुँडा टेकाएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘ओलीजीले संसद र पार्टीलाई साथमा लिएर आफ्ना कार्य पूरा गर्नुपर्ने थियो । यो पार्टी दलाल पूँजीपतिहरुको पार्टी हुनेछैन् । ओली धेरै तर्कले हारीसक्नु भएको छ । उहाँको कुरा कसैले पत्याउँदैन । ओलीको यो कदमलाई घुँडा टेकाउँछौं’, उनले भने ।

नेता भुसालले जनताले चुनेका प्रधानमन्त्रीले नै देशमा समस्या सिर्जना गरेको बताएका छन् ।

‘हामीले चुनेको प्रधानमन्त्रीले समस्या खडा गर्दैछन् । राणा र राजाले होइन । ओलीको बाटो संविधानको हत्या, अस्थीर, जनता र मुलुकको सत्यानाश हो’, उनले भने ।

पूर्वमन्त्रीसमेत रहेका नेता भुसालले प्रधानमन्त्री ओलीले अपाm्ना कर्तुत लुकाउन झूटको खेती गरिरहेको आरोप लगाए । उनले प्रधानमन्त्री ओली राणा र राजाको प्रेतको रुपमा आएको बताए ।

‘ओलीले आफ्नो कर्तुत लुकाउन र जनताको ध्यान मोड्न झूटो बोल्दै हुनुहुन्छ । ओली राणा र राजाको प्रेतको रुपमा आउनुभयो । संविधानको रक्षा, शान्ति स्थीतरतातर्फ जाने वा अरु सबै भत्काएर ओलीको बाटोमा जाने ? यी सबैलाई चिर्न हामी आएका छौं’, उनले भने ।