सत्ताभोगको तृष्णाले कमरेड ओलीलाई केहि नदेख्ने बनायाे : घनश्याम भुसाल

सत्ताभोगको तृष्णाले कमरेड ओलीलाई केहि नदेख्ने बनायाे : घनश्याम भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले अध्यक्ष भएर गरेका बर्बादिका लागि माफी मागेका छन् ।

बिहीबार प्रधानमन्त्री ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै नेता भुसालले उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्ने बताएका छन् ।

‘उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला/गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उन (अ‍ोली)ले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु’, उनले भनेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका नेता भुसालले प्रधानमन्त्री अ‍ोलीले एउटा राम्रो पार्टीलाई गुटमा बदलेको भन्दै उनका लागि संसारमा चाकर या शत्रु मात्रै रहेको बताए ।

‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो’, उनले भने, ‘एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु ।’