एकीकृत समाजवादीको कार्ययोजना टुंग्याउन महासचिव भुसाल नेतृत्वको कार्यदल गठन

एकीकृत समाजवादीको कार्ययोजना टुंग्याउन महासचिव भुसाल नेतृत्वको कार्यदल गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिवालय बैठकले पार्टीको कार्ययोजना र अन्य दस्तावेज टुंग्याउन कार्यदल गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बुधबार बसेको बैठकले केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझाव समेटेर तात्कालिक कार्ययोजना र अन्य दस्तावेज टुंग्याउन महासचिव घनश्याम भुसालको नेतृत्वमा ८ सदस्यीय कार्यदल गठन गरेको छ ।

बैठकले पार्टीका आगामी कार्यक्रम, नीति तथा योजना एकताबद्ध भएर अघि बढाउने निर्णय गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनामा छलफल गरेको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल गरेको जनाइएको छ ।

बैठकले सरकारले जारी गरेका अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा असहमति जनाएको छ । अध्यादेशहरू त्रुटिपूर्ण रहेकाले संसद्मा निर्णयार्थ पेश भए विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको छ ।