काठमाण्डु- नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको दोहोरो नितीको आलोचना गरेका छन् । उनले आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुंदे सहमतिलाई लत्याएर नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठुलो गल्ती गरेको बताएका छन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा नेपाल पनि भएको भन्दै ढिलो वा चाँडो, नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्ने भुसालले भनेका छन् ।
भुसालले सामाजिक संजालमा फेसबुकमा लेखेको स्टाटस यस्तो छ-
आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् । कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए । त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।




प्रतिक्रिया