काठमाण्डु – नेकपा एमालेको अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले आफ्नो विभागमा गभर्नर महाप्रसाद अधिकारी सदस्य नभएको बताएका छन् । गर्भनर अधिकारी ए अधिकारीको नामले विभागमा सदस्य रहेको भन्दै आलोचना भइरहेको बेला भुसालले उनि आफ्नो विभागमा सदस्य नभएको बताएका हुन् ।
एमालेको अर्थ विभागको सदस्यमा खोटाङका एम अधिकारी नियुक्त भएपछी उनलाई नै महाप्रसाद भनेर सत्तारुढ दलका नेता कार्यकर्ताहरुले प्रश्न उठाएपछी भुसालको यस्तो धारणा आएको हो । अधिकारी स्वयंम्ले मंगलवार आफु कुनै पनि पार्टीसंग आवद्ध नभएको बताएका थिए ।
एमाले स्थायी समिति सदस्य समेत रहेका नेता भुसालले अधिकारी विभागको नरहेको दावी गर्दै भनेका छन्, ‘म प्रमुख रहेको नेकपा (एमाले), अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नता बारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ ।
प्रथमतः, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको’ स्पष्ट पारिसक्नुभएको छ। दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहंन्छु ।’




प्रतिक्रिया