काठमाण्डु- नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले संगठनात्मक विधिमा इमान्दार नहुँदा तीव्र रूपमा विसर्जनतर्फ जानुपरेको बताए । माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि पहिलो पटक सामाजिक सञ्जाल फेसबूकमा टिप्पणी गर्दै भुसालले पार्टीको मुख्य समस्या विचारहीनता, सिद्धान्तहीनताबाट शुरू भएको बताएका हुन् ।
उनले लेखेका छन् , ‘हाम्रो पार्टीको मुख्य समस्या विचारहीनता, सिद्धान्तहीनताबाट शुरू भएको हो । कम्तिमा संगठनात्मक विधि स्थापित गर्दा ती समस्या समाधान गर्ने ढोका खुल्थ्यो । त्यसमा पनि इमान्दार नहुँदा हामी तीव्र रूपमा विसर्जनतर्फ जाँदैछौं । जति धेरै बेइमानी, त्यति धेरै सत्यानाश ! फेरि पनि हस्तक्षेपको खाँचो छ ।’




प्रतिक्रिया