काठमाण्डु – काभ्रे २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारले निरन्तर अग्रता बढाएका छन् ।
धुलिखेल नगरपालिकाका १–७ सम्मका वडा, पनौती १, २, ३, ११, १२, पाँचखाल १, २, ३, ४, ५ नम्बर वडा गणना हुँदा रास्वपाका उम्मेदवार बदन भण्डारीले ९ हजार १९५ मतान्तरको अग्रता लिएका हुन् ।
उनले १४ हजार १०२ मत प्राप्त गर्दा एमाले उम्मेदवार अशोक ब्यान्जुले हजार ४ हजार ९०७ मत र कांग्रेसका मधु आचार्यले ३ हजार २५ मत प्राप्त गरेका छन् ।
नेकपाका बसुन्धारा हुमागाईंले २ हजार ११३ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया