ट्रस्टको नाममा रहेको घर जग्गा खाली गर्न पूर्व अधिराजकुमारीको आनाकानी

ट्रस्टको नाममा रहेको घर जग्गा खाली गर्न पूर्व अधिराजकुमारीको आनाकानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल ट्रस्टको कार्यालयको नाममा रहेको घर जग्गा खाली गराउन सरकारले काटेको पत्र बुझ्न पूर्वअधिराजकुमारी प्रेरणालक्ष्मी सिंहले अस्वीकार गर्नुभएको छ।सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकारले घर जग्गा खाली गराउन पत्राचार गरे पनि सिंहले पत्र बुझ्न अस्वीकार गर्नुभएको हो।

नेपाल ट्रस्टको कार्यालयका कर्मचारी र हुलाक मार्फत पत्र पठाइए पनि उहाँले पत्र बुझ्न अस्वीकार गरेपछि सरकारले घरको गेटमा सूचना टाँसेर उक्त घर जग्गा खाली गराउने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

नेपाल ट्रस्टको कार्यालयले गत वैशाख २३ गते घर जग्गा खाली गरिदिने बारेको व्यहोरासहितको पत्र काटेको थियो। नेपाल ट्रस्टको कार्यालयका कर्मचारीले पूर्वअधिराजकुमारी सिंहलाई पत्र बुझाउन पटक–पटक छाउनीस्थित निवासमा पुगे पनि पत्र बुझ्न अस्वीकार गर्नुभएको थियो।

नेपाल ट्रस्टको कार्यालयका कर्मचारी र हुलाक मार्फत पत्र पठाइए पनि उहाँले पत्र बुझ्न अस्वीकार गरेपछि सरकारले घरको गेटमा सूचना टाँसेर उक्त घर जग्गा खाली गराउने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

कर्मचारीले घरमा नै पुगेर पत्र बुझाउन कोशिस गरे पनि घरको गेटमा रहेको सुरक्षा गार्डले भित्र प्रवेश गर्न नदिएपछि ट्रस्टको कार्यालयले हुलाक मार्फत रजिस्टार गरेर पत्र पठाएको थियो।

ट्रस्टको कार्यालयले इन्क्वाइरी शाखा मार्फत पूर्वअधिराजकुमारी सिंह बस्दै आएको छाउनीस्थित घरको टेलिफोन नम्बर पत्ता लगाउन खोजे पनि उहाँको नाममा टेलिफोन नरहेको जवाफ दिएको थियो।

प्रेरणाको घरको टेलिफोन नम्बर र घर नम्बर पत्ता लाग्न नसकेपछि घरको गेटमा नै ३५ दिने सूचना टास्ने गृहकार्य ट्रस्टको कार्यालयले गरेको छ।आजको समाचारपत्रमा समाचार छ ।