घरमा लेखेर त्रिविको परीक्षा पास

घरमा लेखेर त्रिविको परीक्षा पास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तरपुस्तिकामा साट्ने गरेको खुलेको छ। परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास गराउने गरिएको छ।

उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखाका अधिकृत कमल दहालले घुस लिएर उदयपुरका दुई छात्रालाई पास गराएका छन्।

यो घटनाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।याे खबर नयाँ पत्रिका दैनिकमा छ ।