गर्मीयाममा कोल्ड ड्रिङक्स पिउनुभन्दा खरभुजा खानुका यस्ता छन् फाईदा


काठमाडौँ – गर्मीयाम सुरु भएसंगै बजारमा बिभिन्न किसिमका फलफूलहरु पाईन्छन् । गर्मीका बेला शरीरमा पानीको पनि कमी हुने भएकाले फलफूलको बढी सेवन लाभदायक मानिन्छ । गर्मियाममा शररीरलाई फ्रेस राख्न फलफूल निकै फाइदा जनक मानिन्छ ।

गर्मी मौसम लागेसगैँ बजारमा खरभुजा छ्याछ्याप पाउन थालिसकेको छ । गर्मीयाममा खरभुजा शरीरको लागि धेरै फाइदाजनक मानिन्छ । यसले शरीरमा पानीको मात्रा पूर्ति गर्नुका साथै छालामा चमक ल्याउछ । गर्मीमा कोल्ड ड्रिङक्स पिउनुभन्दा खरभुजा खानु उत्तम हुन्छ।

खरबुजा एउटा यस्तो फल हो जसमा पानीको मात्रा अत्यधिक हुन्छ । त्यसैले गर्मीमा यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन भने शरीर विशेषगरी पेटलाई चिसो बनाइराख्छ । खरबुजा तौल घटाउन पनि निकै सहयोगी हुन्छ ।

खरबुजा खाँदा यस्ता छन् फाइदा :-

पत्थरी भएकालेः जसको मृगौलामा पत्थरी छ, उनीहरुले खरबुजा धेरैभन्दा धेरै खानुपर्छ । खरबुजामा अत्यधिक पानी हुन्छ र यसले मृगौलालाई डिटक्स गर्न मद्दत गर्छ, त्यसकारण यो खाँदा फाइदा नै हुन्छ ।

तौल घटाउन : तौल नबढ्ने खानाको खोजीमा हुनुहुन्छ भने खरबुजा तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । खरबुजामा निकै थोरै क्यालोरी हुन्छ र यो खाएपछि चाँडै भोक लाग्दैन । सय ग्राम खरबुजामा मात्र ३० ग्राम क्यालोरी हुन्छ । यसमा करिब १ मिलिग्राम सोडियम, कार्बोहाइड्रेट ८ ग्राम, फाइबर ०.४ ग्राम, सुगर ६ ग्राम, भिटामिन ए ११ प्रतिशत, भिटामिन सी १३ प्रतिशत, प्रोटिन ०.६ ग्राम पाइन्छ ।

प्रतिरोधी क्षमता बलियो बनाउँन : भिटामिन सी र ए प्रचुर मात्रामा भएको खरबुजाले प्रतिरोधी क्षमता बलियो बनाउँछ । यो आँखाका लागि पनि निकै फाइदाजनक मानिन्छ ।

दिमाग शान्त बनाउँछः खरबुजा चिसो फल हो । यो खाँदा पेट मात्र नभइ दिमाग पनि शान्त रहन्छ । यसको बियाँलाई पिसेर निधारमा लगाउँदा टाउको दुखेको पनि कम हुन्छ ।

उच्च रक्तचाप भएकालाईः रच्च रक्तचापको समस्या भएकाले खरबुजा खानुपर्छ । खरबुजामा निकै कम सोडियम हुन्छ र यो चिसो पनि हुन्छ

प्रतिक्रिया दिनुहोस
Advertisement