बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक सुरु

बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सत्तारुढ गठबन्धन बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा एमसीसी अनुमोदनलगायतका विषयमा छलफल भइरहेको छ ।

एमसीसी संसदमा टेबल गर्ने विषयमा छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक बसेको हो।

बालुवाटार बैठकअघि प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठक भएको थियो। बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत तीनै पार्टीका मुख्य नेताहरू उपस्थित थिए।