राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्च जाने बिषयमा विपक्षी गठबन्धनमा छलफल हुँदै

राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्च जाने बिषयमा विपक्षी गठबन्धनमा छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विपक्षी गठबन्धनले आजपनि छलफललाई निरन्तरता दिने भएका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको माधव-नेपाल समूह र राष्ट्रिय जनमोर्चाले संयुक्त छलफल गर्न लागेका हुन्

बिहान ११ बजेपछि बानेश्वरमा बस्ने बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल हुने जसपा नेता मोहमत इस्तियाक राईले बताए । राष्ट्रपति प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गर पछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा चुनावको मिति तय गरेका हुन्  ।

देउवालाई प्रधानमन्त्री बनाउन १ सय ४९ जनाकै हस्ताक्षर भएपनि दावि पुगेन भन्नु आश्चार्यजनक भएको विपक्षी नेताहरुको भनाइ छ । राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च जाने बिषयमा छलफल हुने बुझिएको छ ।