८ दलीय गठबन्धनको बैठक बस्दै, के-के छन् एजेन्डा ?

८ दलीय गठबन्धनको बैठक बस्दै, के-के छन् एजेन्डा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको जनाएको छ।

राष्ट्रपति निर्वाचनसँगै तयार भएको ८ दलीय गठबन्धनले आजको बैठकबाट नयाँ रणनीति बनाउने बताइएको छ। राष्ट्रपति निर्वाचनबाट राष्ट्रिय सहमति खोज्ने बताउँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितका ८ दलसँग मिलेर नयाँ समीकरण बनाएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितका दलसँग मिलेर राष्ट्रपति उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाएका छन् तर सत्ता गठबन्धनको पुस १० को समझदारी भन्दै एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाएको छ।