घोडेजात्रामा सेनाले यसरी प्रदर्शन गर्‍यो युद्धकला


काठमाडौं– नेपाली सेनाले घोडेजात्राका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकला प्रदर्शन गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दकिशाेर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उपस्थित रहेको कार्यक्रममा अश्वकलाका विविध रोचक कार्यक्रमहरू राईड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, नेपाली सेना र नेपाल प्रहरीको चार्जर घोडा दौड प्रदर्शन गरियो।

यसैगरी, साइकल रेश, शो जम्प, क्याभल्री राईड, टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स हिट प्याक, लान्स सुईरो र क्रिज, स्वर्ड एण्ड वाटरमेलन, लान्स ड्रिल, सुरक्षात्मक कारवाहीमा रिसल्लाको प्रयोग, रेन फ्रि जम्प तथा महिला सिक्स वार, भल्टिङ्ग एण्ड एक्रोब्याटिक्स तथा हर्ष पिटि, म्युजिकल राइड, क्रसकन्ट्रि र कम्बाईण्ड फायर जम्म तथा ट्रिक राईड प्रदर्शन गरिएको नेपाली सेनाले जनाएको छ।

म्यूजिकल राइडमा घोडसवार सहसेनानी मधु शाह प्रमथ र घोडसवार सहसेनानी कृष्ण बासी द्वीतिय तथा शोजम्पमा घोडसवार अम. खिलध्वज खड्का प्रथम र घोडसवार सहसेनानी सज्जनध्वज थापा द्वीतिय भएका छन्। उनीहरूलाई राष्ट्रपति भण्डारीले शिल्ड प्रदान गरिन्।

काठमाडौँ उपत्यकामा मात्र मनाइने घोडेजात्रा प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा देखाइन्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement