सांसदले घूस दिएको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन

सांसदले घूस दिएको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा वीरेन्द्र महतोेले घूस दिएको विषय तत्काल अनुसन्धान गर्न प्रहरी निर्देशन दिइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घूस दिएको विषयमा सांसदहरूले सदनमा उठाएको विषयमा सरकार गम्भीर रहेको बताउँदै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिए । उनले आफूले व्यक्तिगत रुपमै सांसद महतोसँग त्यसबारे जानकारी लिएको समेत बताए ।

‘प्रहरीलाई उक्त घटनाबारे तत्काल छानबिन गर्न आदेश दिइसकिएको छ । यो विषयलाई सरकारले अत्यन्त गम्भीर रुपमा लिएको छ,’ गृहमन्त्री लेखकले भने, ‘सदनमा एक सदस्यले आफनो छोराको सर्टिफिकेटको सन्दर्भमा विचौलीयालाई घूस दिएको कुरा उठाउनुभएको छ । मैले व्यक्तिगत रुपमा उहाँसँग कुरा गरेर घूस लिने मान्छे चिनाउनका लागि सहयोग गर्न आग्रह गरेको छु ।’

जनता समाजवादी पार्टीका सांसद महतोले सदनमा आफूले शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार रुपैयाँ घूस दिएको बताएका थिए । उनले आफनो छोराको सर्टिफिकेट इक्युभ्यालेन्टका लागि घूस दिनुपरेको अभिव्यक्तिप्रति सांसदहरूले सभामुखसँग रुलिङको माग गरेका थिए ।