सेनामा जागिर लगाइदिन्छु भन्दै घुस माग्ने पक्राउ


बझाङ – सेनामा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएको आरोपमा बझाङका दिल्लीराज पाध्याय पक्राउ परेका छन् ।

सेनामा जागिर लगाइदिन्छु भनेर थलरा गाउँपालिका वडा नम्बर ८ का पदम सार्कीबाट २ लाख रुपैयाँ लिएको आरोपमा ३७ वर्षीय दिल्लीराज पाध्यायलाई प्रहरीले पक्राउ गरेको हो ।

सेनामा छनोटका लागि भएको अन्तरवार्ताको क्रममा पाध्यायले सार्कीबाट २ लाख रुपैयाँ लिएको खुलेको प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए । पक्राउ परेका पाध्यायामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement