जनकपुरबाट इन्स्पेक्टर र इन्जिनियर घुससहित पक्राउ

जनकपुरबाट इन्स्पेक्टर र इन्जिनियर घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – घुस लिइरहेको अवस्थामा प्रहरी निरीक्षण (इन्स्पेक्टर)लाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो प्रहरी निरीक्षक रामकिशोर साहलाई अख्तियारको बर्दिवासस्थित कार्यालयको टोलीले पक्राउ गरेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

जनकपुर–८ को सीता प्यालेस होटलबाट उनलाई पक्राउ गरिएको अख्तियार उनले बताए । मुद्दा मिलाइदिने बहानामामा सेवाग्राहीबाट ९० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत उनी विवाह पञ्चमीको सुरक्षार्थ जनकपुरमा खटाइएका थिए ।

त्यस्तै, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयेजना कार्यान्वायन इकाई धनगढीका इन्जिनियर त्रिलोक जोशी दुई लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।