बुटवलमा अख्तियारको अपरेशनः १७ लाख घुससहित नापी अधिकृत पक्राउ

बुटवलमा अख्तियारको अपरेशनः १७ लाख घुससहित नापी अधिकृत पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृतसहित पाँचजनालाई घुस लिँदा लिँदै पक्राउ गरेको छ । अख्तियारको बुटवलस्थित टोलीले १७ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षकद्वय तिर्थराम भण्डारी, थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार आर्याल रहेका छन् ।

उनीहरुले जग्गाको कित्ताकाट गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ । घुस लिएको अभियोगमा सबैजनालाई सिद्धार्थ नगरपालिका–१३ स्थित होटल अशोका नजिकैबाट समातेको हो ।