सेवाग्राहीबाट घुस लिँदै गर्दा लेखा अधिकृत अख्तियारको फन्दामा

सेवाग्राहीबाट घुस लिँदै गर्दा लेखा अधिकृत अख्तियारको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस मागेको आरोपमा काठमाण्डुबाट लेखा अधिकृतलाई पक्राउ गरेको छ ।

अख्तियारका अनुसार पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–३० का लेखा अधिकृत उद्वब भट्टराई छन् ।

भट्टराईले स्थायी लेखा नम्बर (प्यान) बन्द गराउन आएका सेवाग्राहीबाट घुस लिएको २१ हजार रुपैयाँसहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

सेवा ग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले भट्टराईलाई रंगेहात पक्राउ गरिएको
अख्तियार प्रवक्ता सुरेश न्यौपानेले बताए ।

न्यौपानेका अनुसार भट्टराईमाथि थप अनुसन्धान जारी छ ।