प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका–३१ ठुलो खरीबोट चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं सिनामंगल बस्ने काभ्रे घर भएका २८ वर्षीय मनोज तिमल्सिना र काठमाडौं सिनामंगल बस्ने भारत मोतिहारी घर भएका २३ वर्षीय अरुण कुमार जैसवाल रहेका छन् ।

महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.६० प ४१६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तिमल्सिना र मोटरसाइकलमा सवार जैसवालले मादक पदार्थ सेवन गरेको अवस्थामा फेला पारी कारवाही गर्ने क्रममा उनीहरुले उक्त रकम प्रहरीलाई दिन खोजेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।