वडाध्यक्ष सहनी ४ लाख घुससहित रंगेहात पक्राउ

वडाध्यक्ष सहनी ४ लाख घुससहित रंगेहात पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष घुससहित पक्राउ परेका छन् ।

वडाध्यक्ष र वडा सचिवसहित ३ जना साढे ४ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई घुस रकमसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलिले उनीहरुलाई आज दिउँसो वडा कार्यालय परिसरबाटै सेवाग्राहीबाट लिएको घुस रकम ४ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

उनका अनुसार वडाअध्यक्ष र वडासचिवले घरबाटो प्रमाणित गरी दिनका लागि उक्त घुस रकम मागेको भन्ने सूचनाका आधारमा पछ्याएर रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।