बारा – जिल्लाको महागढीमाई नगरपालिकास्थित गञ्जभवानीपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले प्रहरी नायव निरीक्षक जट्टाशंकर साह कलवारलाई ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
कपडा ब्यापारीलाई तस्करीको लाइन मिलाई दिने भनी प्रहरी नायब निरीक्षक कलवारले घुस मागेको अख्तियार स्रोतले जनाएको छ । प्रनानि कलवारलाई सेवाग्राहीसँग ६० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका–४ मन्दिर चोकबाट रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।




प्रतिक्रिया