२५ हजार घुससहित मालपोत हाकिम पक्राउ

२५ हजार घुससहित मालपोत हाकिम पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम — तेह्रथुमको आठराईमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा शंकरप्रसाद दाहाल २५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियारको टोलीले शुक्रबार दिउँसो साढे १ बजे सेवाग्राहीबाट घुस लिदै गर्दा पक्राउ गरेको हो।

अख्तियारको इटहरी कार्यालयबाट आएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले आफ्नै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले वताए। कार्यालय प्रमुख दाहाल अख्तियारकै टोलीको नियन्त्रणमा रहेको निमित्त प्रजिअ घिमिरेले बताए।