जनकपुरधाम – नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर कार्यालयका प्रमुख इन्जिनीयर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले सञ्चालन गरेको आकस्मिक अनुगमनका क्रममा दासलाई सप्तरीको भारदहबाट नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई घुस लिँदै गरेको अवस्थामा अख्तियारले रङ्गेहात पक्राउ गरेको छ ।




प्रतिक्रिया