सेवाग्राहीसंग ७० हजार घुस लिदै गर्दा एक कर्मचारी रंगेहात प्रकाउ

सेवाग्राहीसंग ७० हजार घुस लिदै गर्दा एक कर्मचारी रंगेहात प्रकाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान – सेवाग्राहीसँग घुसबापत लिएको ७० हजार नगदसहित सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो साँझ पक्राउ गरेको छ ।

गाउँपालिकाको राजविराज नगरपालिका– ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियारको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले पक्राउ गरेको हो ।टोलीका प्रमुख प्रहरी निरीक्षक राजन कार्कीले मण्डलको साथवाट घुसबापत लिएको नगद ७० हजार बरामद भएको जानकारी दिका छन् ।

सकरपुरामा सडक निर्माणको योजना मिलाई दिएबापत मण्डलले उपभोक्ता समितिबाट कमिसनबापत उक्त रकम लिएको अख्तियारको टोलीले जनाएको छ । अख्तियारको टोलीले मण्डललाई अनुसन्धानका लागि इटहरीस्थित सम्पर्क कार्यालयमा लगेको जनाएको छ । रासस