बुटवल – इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक इन्सपेक्टर केशवबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले घूससहित रंगेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बस्नेतलाई बिहीबार १५ हजार घुस लिँदालिँदै पक्राउ गरेको हो । बस्नेतलाई बिहीबार पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । उनलाई ढुंगा गिट्टिको कारोबार गर्नेसँग रकम लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो ।




प्रतिक्रिया