घूससहित ट्राफिक प्रहरी पक्राउ

घूससहित ट्राफिक प्रहरी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान, सुनसरीमा कार्यरत एक प्रहरी जवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस सहित पक्राउ गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले प्रहरी जवान भरत कटुवाललाई सेवाग्राहीबाट ५ हजार घूस लिएको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरी जवान कटुवाललाई काँकडभिट्टा- काठमाडौं चल्ने गाडी संचालनमा सहजता गरिदिने भन्दै उक्त रकम लिएको अवस्थामा सोमवार इटहरी उपमहानगरपालिका वडा नं. ५ स्थित पूर्व–पश्चिम सडकको दक्षिण किनाराबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।