डिभिजन वन कार्यालय बाराका प्रमुख शिवशंकर घुससहित पक्राउ

डिभिजन वन कार्यालय बाराका प्रमुख शिवशंकर घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बाराका डिभिजन वन कार्यालय बाराका प्रमुख (डिभिजन वन अधिकृत) शिवशंकर ठाकुरसहित ३ जना घुस रकम सहित पक्राउ परेका छन् । सिमरास्थित कार्यालयबाट कार्यालयप्रमुख ठाकुर, सहायक वन अधिकृत गौरीशंकर प्रसाद केसरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारी पनि घुससहित पक्राउ परेका छन् ।

कवाडी मालसामानसम्बन्धी ठेक्का स्वीकृत गर्न सेवाग्राहीसँग घुस रकम माग गरेको सूचना पाएपछि पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको टोलीले उनीहरुलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

कार्यालय प्रमुख ठाकुर र सहायक वन अधिकृत केसरी २५ हजार र कार्यालय सहयोगी अधिकारी ९० हजार घुस लिइसकेको अवस्थामा पक्राउ परेका अख्तियार कार्यालयले जनाएको छ ।