काठमाडौं – सिञ्चाई कार्यालय भोजपुरका सिडिई इञ्जिनियर मोहनबाबु यादव १ लाख ८० हजार घुस रकमसहित पक्राउ परेका छन् । इञ्जिनियर मोहनबाबु यादवलाई अख्तियारको इटहरी कार्यालयले पक्राउ गरेको हो ।
कुल १८ लाख रुपैयाँको सिँचाईको काम भएकोमा निर्माण सम्पन्न प्रतिवेदन दिनका लागि सिडिई यादवले १० प्रतिशत रकम घुसवापत माग गरेका थिए । अख्तियारको टोलीले घुसवापतको रकम लिइसकेको अवस्थामा यादवलाई पक्राउ गरेको हो ।




प्रतिक्रिया