गुठीहरु नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोत :अर्थमन्त्री खतिवडा

गुठीहरु नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोत :अर्थमन्त्री खतिवडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले गुठीहरुलाई नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोतको रुपमा चित्रण गरेका छन् । सामाजिक सुरक्षालाई महत्त्व दिएर नेपाली समाजले विपद् व्यवस्थापनमा उल्लेख्य योगदान दिन सफल हुँदै आएको उनको भनाइ छ।

सोमबार काठमाडौँमा आयोजित ‘नेपालमा सार्वभौमिक सामाजिक सुरक्षाको बाटो’ विषयक सम्मेलनमा बोल्दै उनले नेपाली समाजमा ठूलाले सानालाई माया गर्ने र वृद्धवृद्धाहरुलाई सम्मान गर्ने परम्पराले पनि सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदान पुगेको पनि स्मरण गरे ।

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई संविधानले मौलिक हकको रुपमा स्थापित गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको पनि बताए । गरिब, पछाडि परेका समुदाय र वृद्ध, अशक्त, एकल महिलाहरुलाई सरकारले सामाजिक सुरक्षा अन्तर्गत भत्ताको समेत व्यवस्था गरेको अर्थमन्त्री खतिवडाको भनाई छ ।