आज गिद्ध दिवस मनाइँदै

आज गिद्ध दिवस मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-गिद्ध संरक्षणका कार्यलाई थप प्रभावकारी, सचेतना प्रवाह र आम सरोकारको विषय बनाउने उद्देश्यले आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालका साथै संसारभर मनाइँदै छ ।

प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस सप्ताहभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर मनाइन्छ ।

यो दिवस दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवसबाट विकसित भई सन् २००९ बाट अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । नेपालमा पनि यस दिन सचेतनामूलक र्‍याली, क्याम्पस तथा विद्यालयस्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिताहरू, गिद्ध तस्बिर तथा चित्रकला प्रदर्शनी, गिद्ध महोत्सव, सडक नाटक, अन्तरक्रिया तथा रेडियो कार्यक्रम गरी मनाइँदैछ भने देशव्यापी गिद्ध गणना पनि गरिँदैछ ।