गुल्मीमा घरभित्र पस्यो चितुवा

गुल्मीमा घरभित्र पस्यो चितुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तम्घास- गुल्मीको इस्मा गाउँपालिका–३ अन्तर्गत एक व्यक्तिको घर चितुवा पसेपछि यतिबेला चितुवा हेर्न जानेको घुइँचो लागेको छ । इस्मा गाउँपालिका– ३ स्थित पूर्णप्रसाद खरेलको घरसँगैकोे खोरमा पसेको चितुवा शुक्रबार बिहान कुखुरा निकाल्न जाँदा कुखुरासँगै चितुवा पनि बाहिर निस्केर खरेलको हात र खुट्टामा चिथोरेर मानिस सुत्ने कोठाभित्र पसेको थियो ।

उनी सामान्य घाइते भएकोे घटनास्थलमा पुगेका डिभिजन वन कार्यालयका नासु नवीनपन्थीले बताए । चितुवा घरभित्र पसेको जानकारी पाएपछि शुक्रबार बिहान उक्त कार्यालयका प्रमुख रवीन्द्र महर्जनको नेतृत्वमा बाघखोरसहितको टोली घटनास्थल पुगिसकेको बताइएको छ ।

गत दुईसाताअघि छत्रकोट गाउँपालिका-१ अन्र्तर्गत हुँगामा पनि दुम्सीलाई थापेको पासोमा चितुवा परेको थियो । जिल्लामा पछिल्लो समयसदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रमा चितुवाको बिगबिगी बढ्दै गएको बताइएको छ ।