सेनमाथि खनिए गिरी, ‘घर नै नरहे कहाँ बस्छौ साथी ?’


काठमाण्डु – हास्य कलाकार दीपकराज गिरीले निर्माता तथा निर्देशक सन्तोष सेनप्रति आक्रोश व्यक्त गरेका छन् । ‘प्रेमगीत ३’को विवादमा सेनले अभिनेता सरोज खनाललाई कटाक्ष गरेपछि गिरीले पनि मुख खोलेका हुन् ।

सेनले मंगलवार फेसबुकमा स्टाटस लेख्दै खनालमाथि अपमानजनक शब्द प्रयोग गर्दै विभिन्न आरोप समेत लगाएका छन् । खनालले अमेरिकामा कलाकार लुक्ने ट्रेन्ड बसालेकाले आज राम्रो कामका लागि कलाकारले भिसा पाउन छाडेको उनको आरोप छ ।

खनालले प्रदीप खड्काले भुवन केसीलाई लक्षित गरेर बोलेका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै आफूभन्दा अग्रजको सम्मान गर्न आग्रह गरेका छन् । निर्माता सेनले ‘प्रेमगीत’मा प्रदीपले काम गर्न सक्दैन होला भन्दा आफूले गर्न सक्छ भनेको पनि खनालले स्मरण गरेका छन् । खनालको यो अभिव्यक्ति चित्त बुझाउन नसकेपछि सन्तोषले अपमानजनक भाषा प्रयोग गर्दै अमेरिकामा लुक्न ट्रेन्ड बसाल्ने मान्छेले हावा अभिव्यक्ति दिन नसुहाउने बताएका छन् ।

सोही कुरालाई लिएर गिरीले आक्रोश व्यक्त गरेका हुन् । ‘आज म लेख्दैछू ‘भूवन केसी , अनमोल केसी, झरना थापा, म अब हूदॉ हूदॉ आदरणीय सरोज खनाल दाइ उफ….. यो लिष्ट निक्कै लामो हूदैछ दिनप्रति ‘। सबैलाइ गालि गरेरै फ़िल्म चलाउने हो ?’ गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

‘घर नै नरहे कॉहा बस्छौ साथि ?’ भन्दै गिरीले सेनलाई प्रश्न गरेका छन् । आफूलाई पनि गाली गर्ने सम्भावना रहेको भन्दै गिरी अन्याय सहेर भने नबस्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement