काठमाण्डु- नेपाली कांग्रेसले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ ।
मंगलबार नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्ति देखि शान्ति सम्म’ नाम दिएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो ।
फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोटो प्रदर्शनीको अवलोकन गरेका छन् ।
फोटो प्रदर्शनीमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई राखिएको छ ।




प्रतिक्रिया