महोत्तरी- नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल पराजित भएका छन् । १५ वर्षदेखिको लगातार चुनाव जित्दै आएका पोखरेल यसपटक भने महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतोसंग पराजित भएका हुन् ।
वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पोखरेलले जित्नेमा माओवादी केन्द्र ढुक्क थियो । उनि माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ निकट भनेर चिनिंदै आएका थिए । श्रेष्ठकै कोटाबाट पोखरेल माओवादीमा पटक पटक मन्त्री बन्ने गरेका थिए । उनि अहिलेसम्म पांच पटक मन्त्री भइसकेका छन् ।
विजयी महतोले २३ हजार ४०२ मत ल्याए भने पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित भए । उनले यसअघि यो क्षेत्रबाट ०६४, ०७० र ०७४ मा चुनाव जितेका थिए ।
महतो यसअघि जसपामा रहेका थिए । निर्वाचनअघि एमाले प्रवेश गरेका उनि जसपाको सहयोगमा पोखरेललाई १ हजार ३० मतले पराजित गर्न सफल भएका हुन् ।




प्रतिक्रिया